बैशाख ३१ गतेसम्म डोटीमा भारतबाट दुई हजार एक सय २३ जना भित्रिए

डोटी : विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाईरस कोभिड—१९ को सङ्क्रमण फैलिएसंगै कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमबासी अहिले धमाधम घर फर्किरहेका छन् । डोटी जिल्लामा भारतबाट दुई हजार एक सय २३ जना भित्रिएका छन् । एक हजार नौ सय ९१ जना पुरुष हुन भने एक सय २३ महिला हुन् । बैशाख ३१ गते शुक्रवार सम्म सो संख्यामा मानिस डोटी भित्रिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । जसमा दिपायल सिलगाढी नगरपालिकाका सबै भन्दा धेरै सात सय ८० जना र सबै भन्दा कम बोगटान फुड्सिल गाउँपालिकाका ४४ जना नागरिक जिल्लामा भित्रिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिनु भयो ।
दिपायल सिलगढी नगरपालिकाका सात सय ३५ पुरुष र ४५ महिला गरि सात सय ८० जना, शिखर नगरपालिकाका चार सय ६८ पुरुष र ४४ महिला गरि पाँच सय १२ जना, आदर्श गाउँपालिकाका दुई सय ३७ पुरुष गरि दुई सय ४३ जना, जोरायल गाउँपालिकाका एक सय ५१ पुरुष र १० महिला गरि एक सय ६१ जना, र के.आई.सिंह गाउँपालिकाका एक सय ५८ पुरुष र ८ महिला गरि एक सय ६६ जना रहेका छन् ।

त्यस्तै सायल गाउँपालिकाका ७छ पुरुष र ११ महिला गरि ८६ जना, पुर्विचौकी गाउँपालिकाका ६५ पुरुष र ७ महिला गरि ७२ जना, बडीकेदार गाउँपालिकाका ५९ जना पुरुष र बोगटान फुड्सिल गाउँपालिकाका ४३ पुरुष र एक महिला गरि ४४ जना रहेका छन् ।
