आईतवार डोटीका थप ५२ जनामा कोरोना पुष्टि
डोटी : आईतवार डोटीका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जनाको पिसिआर परिक्षण गर्दा २९ जनामा र ३८ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ३४ पुरुष र १८ महिला हुन् ।
जसमा दिपायल सिलगढी नगरपालिकाका २२ जना, बोगटान फुड्सिल गाउँपालिकाका १४ जना, के.आई.सिंह गाउँपालिकाका ९ जना, शिखर नगरपालिकाका ४ र सायल गाउँपालिकाका ३ जना रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।