बिहिवार डोटीका थप ३१ जनामा कोरोना पुष्टि
डोटी : बिहिवार डोटीका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७ पिसिआर परिक्षण गर्दा ३० जना र ७० जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका २१ पुरुष र १० महिला हुन् ।
जसमा दिपायल सिलगढी नगरपालिकाका २५ जना, शिखर नगरपालिकाका ३ जना, के.आई.सिंह गाउँपालिकाका २ जना र आदर्श गाउँपालिकाका एक जना रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ६२ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो । बुधवार ३९ जनामा कोरोना पुुष्टि भएको थियो ।
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका ८ सय ४१ जनामा कोरोना पुष्टि हुँदा ४ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।