पृथ्वी भट्टले गरे केआई सिंह गाउँपालिकालाइ स्वास्थ्य सामग्री वितरण

डोटी : राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टका छोरा पृथ्वी भट्टले डोटीको केआई सिंह गाउँपालिकालाइ विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । अष्ट्रेलियामा अध्ययनरत भट्टले राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केशव नाथ योगी मार्फत गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाइ २ सय ७५ थान एनटिजेन्ट किट, ५० थान सेनिटाइजर, पाँच सय थान मास्क वितरण गर्नु भएको छ ।

सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले माहामारीको समयमा प्राप्त सामग्री बाट गाउँपालिकालाइ केही राहत उपलब्ध भएको बताएका छन् । भट्टले खाजाबाट बचाएको रकमबाट उक्त सामग्री आफ्नु जन्म भुमिलाइ सहयोग गरेको जिल्ला सचिव केशव नाथ योगीले बताएका छन् ।
