बोगटान फुड्सिल गाउँपालिकाले गणतन्त्र दिवस मनायो

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । पालिका भवन परिसर सरसफाइ तथा शुभकामना आदानप्रदान गरेर दिवस मनाईएको गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भयो ।

विश्व महामारीका रुपमा रहेको कोभिड–१९ का कारण सामान्य रुपमा मात्रै दिवस मनाइएको अध्यक्ष गड्सिलाले बताउनु भयो । पालिकाका जनप्रतिनिधि र कर्मचारी सिमितले मात्रै दिवस मनाएका हुन् ।
