निषेधाज्ञा अवधिमा नि:शुल्कदेखि ३० प्रतिशतसम्म विद्युत् महसुलमा छुट
निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको छु, अर्थमन्त्री पौडेलले बताए ।
त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।