युएमएन डोटीद्धारा बोगटान फुड्सिल गाउँपालिकामा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

कमला कुँवर/जेठ १७
युनाईटेड मिसन टु नेपाल डोटी कलस्टरले बोगटान फड्सिल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड–१९को नयाँ भेरियन्टको तिब्र संक्रमण रहेको अबस्थामा अन्तराष्ट्रिय गैर सरकारी संस्थाले गाउँपालिकालाई १३ लाख २५ हजार ४ सय तिन रुपैँया बराबरको सहयोग गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ ।
संस्थाले एन्टिजिन किट २ सय ५० थान, सर्जिकल मास्क तिन हजार, ग्लोब्स १ हजार, सेनिटाईजर ५ लिटर १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान त्यसैगरी थर्मामिटर १२, पिपिई सेट २४, नेबुलाईजर १२, के.एन नाइन्टीपाईब मास्क चार सय, हस्पीटल बेड १२, ४० केजी अक्सीजन १०, अक्सीजन कन्सटेटर ५ लिटर २ थान र फेस सिल्ड ३० थान समाग्री टिम लिडर बिशाल बाबु श्रेष्ठले गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलालाई हस्तान्तरण गर्नु भएको हो ।
महामारीको समयमा संस्थाको योग्दान स्वरुप युएमएनले बोगटानसंगै जिल्ला संकट ब्यबस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि समाग्री हस्तान्तरण कै क्रममा रहेको युनाईटेड मिसन टु नेपाल डोटी कलस्टरका टिम लिडर बिशाल बाबु श्रेष्ठले बताउनु भएको छ ।

Sayalb

Shaileshwori
Loading...