यसरी जुटे प्रताब मगरका लागी सहयोगी हातहरु ….
डोटी जिल्लामा २०४६ साल देखी जनयुद्ध हुँदै शान्ति पक्रीयाको लामो समयसम्म सक्रीय र परिर्बतनका पक्षमा उभिएर राजनिती गर्दै आएका एक नेता हुन प्रताब पुन मगर ।
जहिल्यै पनि परिर्बतनका पक्षमा उभिने राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापन गर्न भएको महान दशबर्षे जनयुद्धमा डोटेली माटोबाट अहम भुमिका निर्बाह गरेका मगर केआईसिंह गाउँपालिका वडा नं. १ गणेशगाणा स्थायी ठेगाना हो ।
बिप्लब नेतृत्वको नेकपाका नेता रहेका मगर एक हप्ता देखी बिरामी भएको खबर पाएपछी माओवादी केन्द्र निटकको बिद्यार्थि संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रकाश जोशि भेटले र उठन नसकेर बेडमा लडीरहेका मगरको फोटो फेसबुमा राख्दै सहयोगका लागी अपिल गरे ।
लामो समय पार्टीमा जीवन बिताएका पुन, केही बर्ष यता कृषि क्रान्ति गर्छु भन्दै तरकरी खेती गर्थे । बिरामीले थला परेपछी उहालाई साह्रै गारो परेको थियो ।
प्रकाश जोशीले गम्भीर बिरामी रहेका मगरको उपचार तथा सहयोगका लागी सबैसंग अपिल गरे उनलाई शहिद स्मृती आवासीय बिद्यालयका शिक्षकहरुले पनि साथ थिए । सुदुर पश्चिम प्रदेसका मुख्यमन्त्री त्रिलोचन भट्टले राजपुरमा रहेको सहिद स्मृति स्कुललाई खान पिनको ब्यबस्था गर्न भने पछि उहाको खान पिनको ब्यबस्था सहिद स्कुलले नै गरेको थियो । उनी सहिद स्मृति स्कुलका बिबेस सदस्य पनि हुन ।
प्रकाश जोशीले फेसबुकमा सहयोगका लागी अपिल गरे लगत्तै करिव ५६,५०० बराबरको राहत संकलन भयो । अपिल पछि सहयोद्धा समेत रहेका मुख्यमन्त्री त्रीलोचन भट्टले १०००० सहिट उपचार खर्च बेहोर्ने बचन दिए, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलालले २५ हजार, शिव सिंह वलिले ५०००, मोर्निङ्ग लाइटका प्रीन्सिपल एव नेता मोहन बमले ५०००, माओवादी देब बोहरा बोहराले ३१११ र जनार्दन जोशीले ४०००।– स्वास्थ्यकर्मी सान्ती मल्लले २००० र भरत बोहराले रु २५०० आर्थिक सहयोग गरेका छन ।
सहयोग आउने क्रममा जारी रहेको जोशीले बताए मगरका पुर्ब सहकर्मी, सहयोद्धाहरुले सहयोगका लागी हात अघी सारेका छन् ।