करेन्ट लागेर एक बालक घाइते 

तेजु आली /डोटी 

Sayalb

करेन्ट लागेर जिल्ला सदरमुकाम सिलगढीमा एक बालक घाइते भएका छन्। मतिराम विश्वकर्माका १२ बर्षीय छोरा पबन बिश्वकर्मा गोरु चराउन जाने क्रममा करेन्ट लागेर घाइते भएका हुन् । बाटो नजिक बिजुलीका तार छुँदा उहाँलाई करेन्ट लागेको स्थानीयले जनाएका छन । पबनले दिउसो २ बजे तिर तार छुँदा करेन्ट लागेको हो ।

अहिले उनको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको उनका आफन्त अस्मिता बिश्वकर्माले जानकारी दिनु भएको छ । घाइतेको शरीर भरी घाउ भएको र  अबस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

Shaileshwori
Loading...