डोटीमा कोरोना सङ्क्रम दर रोकिएन

तेजु ओली /डोटी
डोटीमा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमित थपिने क्रम घटेको छैन । दोस्रो लहरको संक्रमण गाउँगाउँसम्म पुगेको छ । गाउँका चिया र किराना पसलमा भीडभाड भइरहने र निषेधज्ञा पालना नगरी हूल बाँधेर हिँडडुल गरेका कारण संक्रमित बढिरहेको देखिन्छ। जिल्ला का ग्रामीण क्षेत्रमा कोरना भाइरस को जस्तै लक्षण देखिएका धेरै व्यक्तिले कोरोना परीक्षण गरेका छैनन् ।

कोरना देखिए पछि समाजको असहयोग हुने डरले समेत स्थानीयले चेक गर्न नमान्ने गरेको एक स्थानीय भरत साउदले बताउनुभयो। कोरना को जस्तै मिल्दाजुल्दा लक्षण भएका बिरामीको संख्या बढीरहेको छ ।दैनिक आउने बिरामीको संख्या मा ८० प्रतिशत भन्दा बढी बिरामी मा उक्त लक्षण देखिएको स्वास्थ्य कर्मी को भनाई छ। गाउँ गाउँमा टाउको दुख्ने , ज्वरो आउने,खोकी लाग्ने,सरीर दुख्ने जस्ता लक्षण भएका बिरामीको संख्या बढेको एक स्वास्थ्य कर्मी हिरा बहादुर सिर्माल बताउनुभयो।
कोरना संक्रमितको सम्पर्कमा आएकाको अवस्था बुझ्नुपर्ने र कन्ट्याट ट्रेसिङलाई बढाउनुपर्ने भएता पनी जिल्ला स्वास्थ्य कार्यालय डोटी भने बेखबर जस्तै रहेको छ। अहिले जिल्ला स्वास्थ्य कार्यालय डोटीले सबै जिम्मा स्थानीय तहमा रहेको स्वास्थ्य साखा लाइ दिएको निमित्त कार्यालय प्रमुख उध्वब सिंह ठगुन्ना ले बताउनुभयो।
