डोटीमा जेठ ३१ गतेसम्म निशेधाज्ञा जारी रहने, चौथो पटक समय थप गरियो

डोटी : डोटी जिल्लामा जारी निशेधाज्ञा जेठ ३१ गते सम्म लागु हुने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीले कोभिड–१९ को सङ्क्रमण दर अझै कम हुन नसकेको भन्दै समय थप गर्ने निर्णय गरेको हो । डोटी जिल्लामा निशेधाज्ञाको समय थप गरिएको यो चौथो पटक हो । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञा जिल्लामा जारी छ ।

आदेशको उलंघन गर्ने, औषधि औषधीजन्य सामग्री, अत्याआवश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो ।

Sayalb

यो भन्दा अगाडी थपिएको निशेधाज्ञाको समय जेठ २२ गते राति १२ बजे सकिदै छ ।

Shaileshwori
Loading...