गाउँका सबै जनामा कोरना संक्रमण, संक्रमित स्वास्थ्यकर्मी बाट उपचार
तेजु ओली/डोटी
डोटीको आदर्श गाउँपालिका वडा नं.१ चाँसी गाउँ रेड जोनमा परेको छ । गाउमा भारत तथा बाहीरबाट आएका ब्याक्तीको लाप्रबाहीका कारण गाउमा लक्षण देखीए पछी ८५ जना स्थानीएको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बम बहादुर खडकाले जानकारी दिनुभएको छ ।
सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि बिरामीलाइ ब्याबस्थापन गर्न असहज भएको बताउनु भयो । ‘एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको छ,’ खड्काले भने, ‘परीक्षण नभएका अन्य व्यक्तिमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँका अधिकाशंलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्विकार गरिरहेका छन । उनका अनुसार ५२ जना संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन ।
प्रभावित गाउँमा अन्य स्वास्थ्यकर्मी जान सक्ने अवस्था नभएपछि संक्रमित स्वास्थ्यकर्मीले नै अन्यको उपचार गरिरहेका छन । ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई अस्पतालमा भर्ना गर्नु पर्ने अबस्था नआएको बताइएको छ ।