कोरोना सङ्क्रमितलाइ घरमै गएर कोभिड–१९ रोकथाम सम्बन्धी उपाय सिकाउदै इडीसी

तेजु ओली/ डोटी
सम विकास केन्द्र नेपाल ईडीसी डोटीले शनिवार कोरनाबाट प्रभावित भएका ब्याक्तीलाइ कोरोना रोकथाम सम्बन्धी स्वास्थ्य सामाग्री दिएको छ । जिल्लाको सिखर नगरपालिका वडा नं १ र २ वडाका १५ जना भन्दा बढीलाइ घरमा गएर सामग्री बितरण गरेको हो । कोरना अरु ब्याक्तीलाइ नसरोस भन्ने हेतुले ग्लोबस, सर्जिकल माक्स, तापक्रम नाप्ने थर्मोमिटर, साबुन, फेससिल्ट, सेनिटाइजर संगै कोरनाबाट बच्ने उपायका बारेमा लेखिएको पम्पीलेट हस्तान्तरण गरिएको सम बिकास केन्द्र डोटीका कार्यक्रम संयोजन केसब परियारले जानकारी दिनुभएको छ ।

एक्सन एड नेपालको आर्थीक सहयोग तथा सम बिकास केन्द्र डोटीको सहजीकरणमा उक्त सामाग्री उपल्बध गाराइएको हो । कोभिड–१९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला स्थानीय त्रसित नहुन भनेर स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग गरेर कसरी बाच्न सकिन्छ भनेर जानकारी समेत दिइएको इडिसीका कर्मचारी रमा भण्डारीले बताउनुभयो । सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै कोरना संक्रमीतले यसले सहजता हुने बताएका छन्।
