डोटीमा थप एक कोरना संक्रमीत महिलाको मृत्यु
डोटी : डोटीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ का ६८ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । एन्टिजेन विधिबाट परिक्षण गर्दा उनमा जेठ १८ गते कोरोना पुष्टि भएको थियो । शुक्रवार राति जिल्ला अस्पताल डोटीमा भर्ना भएकी महिलाको आईतवार बिहान ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्डर कृष्ण जोशीले जानकारी दिनु भएको छ ।
यो संगै डोटीमा दोस्रो लहरको कोरोना फैलिएपछि मृत्यु हुनेको संख्या १० पुगेको छ ।