कोरोनाका कारण दैनिकी मजदुर गरेर जिविका चलाउने डोटीका मजदुर मार्कामा

तेजु ओली /डोटी
अर्काको लुगा सिउने काम गरेर दैनिकी चलाउँदै आएकी सिखर नगरपालिका वडा नं १ कपल्लेकी कि शर्मा नेपाली अहिले काम गर्न नपाउँदा साँझबिहानको छाक टार्नै समस्यामा पर्नु भएको छ । एक महिना पहिले उहाकी बुहारी को कोरनोका कारण मृत्यु भएपछि चार नातिनातिना लगायत को परिवारको पालन पोषणको जिम्मा उहाको काँधमा छ । तर, कोरोना भाइरसको दोस्रो लहर चलेपछि उहाले काममा जान पाउनु भएको छैन। रोगभन्दा पनि परिवारका सदस्य भोकै बस्नु परेकोमा चिन्ता छ ।

‘पोहोर साल लकडाउन हुँदा अलिअलि राहत पनि पाइएको थियो । संस्थाका मान्छेहरू के छ, कसो छ भनेर सोध्थे । अहिले त कसैले मतलब गर्दैनन्, स्थानीय मिना पर्कीले गुनासो गर्नु भयो। लकडाउनपश्चात् धेरै को रोजगारी गुमेको छ। भारतबाट फर्केकाहरू पनि स्थानीयस्तरमै काम खोज्न थालेपछि सबैले काम पाउन सकेनन् । त्यसको मारमा सामान्य महिला परेका दिपायल सिलगढी नगरपालिका वडा नं ५ कि रमा भण्डारी ले बताउनुभयो।
जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिपायल सिलगढीका महिलाहरूले घर निर्माणको काममा इँटाढुंगा बोक्ने, ससानाका विकासे योजनाका कामहरू, होटलहरूमा सरसफाइ र भाडा माझ्ने काम गरेका थिए । लकडाउन भएपछि फाट्टफुट्ट मात्रै काम पाइने भएपछि रोजगारीकै भरमा चलेको उनीहरूको दैनिकी कष्टकर हुँदै गएको हो ।
