डोटीको बुडरमा राजेन्द्र महतोको पुत्ला दहन

Sayalb

शिबबहादुर ओली, बुडर
उपप्रधान तथा शहरी बिकास मन्त्री भएलगत्तै राजेन्द्र महतोले दिएको अभिब्यक्तीको बिरोधमा डोटीको बुडरमा महतोको पुत्ला दहन गरिएको छ । पदभार ग्रहणगरे लगत्तै महतोले बहुल राष्ट्रवाद आफ्नो ऐजण्डा भएको बताएका थिए । उक्त अभिब्यक्तीका कारण महतोको सर्बत्र बिरोध भईरहेको छ । नाकाबन्दीको समयमा मधेशी र भारतको चर्को बिरोध गर्दैै राष्ट्रवादी भनि चर्चा पाएका प्रधानमन्त्री केपीशर्मा ओलीको पनि आलोचना भईरहेको छ ।
नेपाली कांग्रेस निकटको तरुण दल र स्वतन्त्र युवाहरु मिले बिरोध कार्यक्रम गरिएको स्थानीय युवा भरत कुँवरले जानकारी दिनु भएको छ । गैर जिम्मेवार अभिब्यक्ती दिने महतोले सरकार छोडेर आम माफी माग्नु पर्ने तुरुण दलका जोरायल गाउँपालिकाका अध्यक्ष किरण मल्लले बताएका छन् ।
नाकाबन्दीको समयमा महतो भारतको सिमामा बसेर बिरोध गरिरहेका थिए भने केपी ओली प्रधानमन्त्री थिए । अहिले उनै प्रधानमन्त्री ओलीले उनै महतोलाई उप–प्रधानमन्त्री बनाएका छन्

Shaileshwori
Loading...