ईडीसीडोटीद्धारा जोरायल गाउँपालिकालाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तण
नारद नेपाली
जेठ २३, डोटी
सम विकास केन्द्र (ईडीसी) डोटीले जोरायल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेको छ । आइतवार संस्थाले गाउँपालिकालाई करिव ५ लाख सोर हजार ५ सय बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संस्थाका वित्तिय अधिकृत कृष्ण सुन्दर श्रेष्ठ जानकारी दिनु भएको छ ।
कोभिड १९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला केहि रुपमा पालिकालाई सहज होस भनी सामाग्री बितरण गरेको उहाँले बताए । स्वास्थ्य सामाग्रीमा मेडीसियन बेड, ईलेक्टोनिक वाटर, हिटर, मेडीसीयन वेड, सेट पिपि सेट, पल्स अक्सोमिटर, ईलिक्टिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोव्स, हेण्ड सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरु गाउँपालिका मार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर र पालिका अन्तरगतका स्वास्थ्य संथा स्वास्थ्य ईकाई र प्राथमीकताका अधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरिव, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरीने भएको छ ।
सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै गाउपालीकाका अध्यक्ष दुर्ग दत्त ओझले बिश्वब्यापी रुपमा रहेको कोरोना सँक्रमणको महामारिको समयमा प्राप्त भएका सामाग्रीले गाउँपालीकालाई ठुलो सहगोग पुगेको भन्दै संस्थालाई धन्यबाद ज्ञापन गर्नु भएको छ । साथै सहयोग भएका सामनग्रि हरु सोम बार बटनै गाउपालीकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा हस्तान्त्रण गर्ने बताउनु भयो ।