सोमवार डोटीका थप ४८ जनामा कोरोना पुष्टि

डोटी : सोमवार डोटीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ आरटिपिसिआर परिक्षण गर्दा ३४ जना र एक सय जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

कोरोना देखिनेमा १० जना महिला र ३८ जना पुरुष रहेका छन । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ७९ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

Sayalb

आज बडीकेदार गाउँपालिकाका ६ जना महिला तथा २२ जना पुरुष गरि २८ जना, दिपायल सिलगढी नगरपालिकाका तिन जना महिला तथा १० जना पुरुष गरि १३ जना, आदर्श गाउँपालिकाका एक महिला एक पुरुष, सायल गाउँपालिका र केआई सिंह गाउँपालिकाका दुई/दुई जना पुरष र शिखर नगरपालिकाका एक जना पुरुषमा कोरोना देखिएको हो ।

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार दुई सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अहिले दुई सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

Shaileshwori
Loading...