संक्रमितका परिवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
समाचार
कोभिड १९ को दोस्रो लहरको माहामारीले विश्व मानव जगतलाई आक्रान्त बनाईरहेको बेला कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक्सनएड नेपालको सहकार्यमा सम विकास केन्द्र ईडीसी डोटीले आज दिपायल सिलगढी नगरपालिका वडा नं.५ मा होम आइसोलेशनमा रहेका ३४ घरपरिवारका सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने र सावधानि अपनाउन सकुन भन्ने उद्धेश्यले होम आईसोलेशनमा रहेका घरपरिवारका व्यक्ति स्वास्थ्य तथा सरसफाइका सामग्रीहरु अन्र्तगत सेनीटाइजर,सर्जिकल मास्क,पल्स अक्सिमिटर,डिजिटल थर्मोमिट,साबुन,पेपेर तावेल र स्यानेटरी प्याड सहित रु २२२७ रुपैया बराबर सामाग्री वितरण गरिएको छ । सामाग्री वितरणका साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड(१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टर मार्फत सचेतनामुलक जानकारी गराईएको थियो ।