दिर्घ रोगले थला परेका प्रताव सिंह मगरलाई ४७ हजार बढीको सहयोग

डोटी : कोराना महामारीका बेला लामो समय देखी दिर्घ रोगले थला परेका डोटीको केआई सिंह गाउँपालिका बामपन्थी नेता प्रताव सिं मगरलाई नगद सहितको सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुबाट संकलन गरिएको ४७ हजार ६ सय नगद सहित चामल, दाल, नुन, तेल, चिनि, पङ्खा लगाएतका ३५ सय बराबरका समाग्री सहयोग गरिएको अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी डोटीका संयोजक प्रकाश जोशीले बताए ।


लामो समय सम्म कम्युनिष्ट पार्टीबाट राजनिति गरेका नेता मगर अहिले आएर थला परेका छन् । नेकपा एमाले, माओबादी केद्र हुदै विप्लप पार्टीबाट राजनिति गरेका मगर राजनिति छोडेर केहि समय पहिला सम्म दिपायलमा जमिन भाडामा लिई तरकारी खेति गरिरहेका थिए । अहिले उमेर पाखो भएपछि त्यो पनि गर्न नसक्ने अवस्थामा पुगेका मगर साहाराको खोजिमा रहेका छन् । छोराको मृत्यु भईसकेको छ । उनि संग एउटा श्रिमति र तिन नातिनतिना रहेका छ । श्रिमति पनि मानसिक रोगि छिन् । मगरको यस्तो अवस्था देखेपछि मानवताको व्यवहारले आफुले सहयोग अभियान चलाउदा उक्त सहयोग प्राप्त भएको जोशीले बताए । आफुलाई सहयोग अभियानमा तेज बहादुर डुम्रेलले पनि सघाएको उनले बताए । जोशीले अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको छ ।

 

Sayalb

मगरको नामबाट महालक्ष्मी बिकास बैंकमा खाता सन्चालन गरिदिएको पनि जोशीले बताए । मगरलाई सहयोग गर्न चाहेमा मगरको खाता नम्बर ०१०००६००५२०१२३०००००१ मा जम्मा गर्न सकिने छ ।

Shaileshwori
Loading...