युवाहरुद्धारा आफ्नो खल्तिको रकमबाट अतिविपन्न परिवारलाइ राहात

तेजु ओली/ डोटी
युवाहरुले आफ्नो खल्तिबाट अतिविपन्न परिवारलाइ राहात उपलब्ध गराएका छन् । दिपायल सिलगढी नगरपालिका–५ र ६ नम्बर वडाका १० जनालाइ राहात बितरण गरिएको हो ।

Sayalb

हेल्पिङ सिलगढी डोटी भनेर युब्वा प्रसान्त राज जोसीको संयोजकत्वको समुहमा आबद्ध सदस्यहरुले आफ्नो खल्तिबाट कोरना भाइरसबाट प्रत्यक्ष प्रभावित भएका, दैनिक मजदुरी गरी खाने, बिपन्न, परिवारलाइ दिएको उक्त संस्थाका सल्लाहकार दिपक नारायण श्रेष्ठले जानकारी दिनुभएको छ । चामल, दाल, नुन, तेल,साबुन चना बितरण गरेको प्रसान्त राज जोशीले बताउनुभयो ।

उक्त सामान बुझेपछि आफुलाइ रहात महसुस भएको आजभोलि सबै काम बन्द भएकोले केही दिन चुलो बाल्न सहयोग हुँने बताएका छन । खाद्यन्न अभावका कारण ज्याला मजदरी गरी पेट पाल्नेको बिहान बेलुकी चुलोमा आगो बल्न छोडेपछि थारै भए पनि राहात स्वरुप सहयोग गरेको सदस्यहरुले बताएका छन् ।

Shaileshwori
Loading...