प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल डोटीले राहात बितरण गर्यो

तेजु ओली/ डोटी
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल डोटीले राहात बितरण गरेको छ । उक्त संस्थाको आर्थिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा खाधान्नका सामाग्री बितरण गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउन भइरएकाले सदरमुकामा दैनिक ज्याला मजुरी गर्न नपाएपछि उनीहरूलाई समस्या भएको भन्दै कोरना भाइरस बाट प्रत्यक्ष प्रभावित भएका, दैनिक मजदुरी गरी खाने, बिपन्न, सुत्केरी महिलाहरुलाइ राहात वितरण गरिएको उक्त संस्थाका राष्ट्रिय स्रोत व्यक्ति लोक बहादुर थापाले जानकारी दिनुभएको छ ।
नौ ओटै वडाका एकल महिला, गरीब र सहारा बिहीन दैनिक मजदुरी गरेर खाने २७ जनालाइ परिवारको परिवारिक स्थिति हेरी एक कट्टा चामल, दुइ केजि दाल, दुइ केजि नुन, दुइ लिटर तेल, साबुन सेनिटाइजर बाडिएको नगर प्रमुख मन्जु मलासीले बताउनुभयो । उक्त सामाज बुझेपछि आफुलाइ रहात महसुस भएको निर्माला परियारले बताउनुभयो । ‘हामीलाई ठूलो सहयोग भएको छ, देनिका गाडीको सामान लोड अनलोड गरेर चामल किन्ने गरेका थियौँ, उहाँले भन्नुभयोे, आजभोलि त्यो सबै बन्द भएको छ, केही दिन चुलो बाल्न सहयोग हुँने भयो ।’

खाद्यन्न अभावका कारण ज्याला मजदरी गरी पेट पाल्नेको बिहान बेलुकी चुलोमा आगो बल्न छोडेपछि थारैभए पनि राहात महशुस भएको स्थानीले बताएका छन् ।

