केटीको उमेर नपुगेपछि डोटीमा एक बिवाह बदर

तेजु ओली /डोटी

डोटीमा केटीको विवाह गर्ने उमेर नपुगेका कारण एक विवाह बदर भएको छ । जिल्लाको सायल गाउपालिकाका २१ वर्षका युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासंग गरेको विवाहलाई प्रहरीले बदर गरेको हो । दिपायल सिलगढी नगरपालिकाको नगर स्तरीय बाल क्लबले २० मुनिकी बालिकाकोे बिवाह भएकोले उक्त विवाह रद्ध गरिपाउ  भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी गरेपछि विवाह बदर भएको हो ।

Sayalb

बाल क्लबले थाहा पाए पछि जिल्ला प्रहरी कार्यालयलाइ खबर गरेर भएको बिवाहलाइ बदर गरि बालिकालाई आफन्तको जिम्मा लगाएको नगर स्तरीय बाल संजालका संयोजक अनिस सेनले जानकारी दिनुभएको छ। आफुले विवाह भएको थाहा पाएपछि संजालका सदस्यहरुसंग मिलेर उक्त विवाहलाइ बदर गरेको बताउनु भयो । २० बर्ष भन्दा कम उमेरमा विवाह गरे कानुनी दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दान बहादुर मल्लले बताउनुभयो । बालबालिकाहरुले चलाएको उक्त अभियान प्रभावकारी हुन थालेको बताउनुभयो ।

बाल विवाह धेरै हुन थालेपछि दिपायल सिलगढी नगरपालिकाले बाल बिवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागू गरेको छ ।

Shaileshwori
Loading...