डोटीमा केही खुकुलो गर्दै निशेधाज्ञा असार १० गते सम्मको लागी थप गरियो

डोटी : जिल्लामा जारी निशेधाज्ञा ४० दिनपछि केही खुकुलो बनाईने भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोटीको बैठकले जिल्लामा कोभिड सङ्क्रमित हुनेको संख्या केही मात्रामा घटे पनि पुरै नियन्त्रणमा आईनसकेकाले निशेधाज्ञा केही खुकुलो बनाउदै असार १० गते सम्म लम्ब्याउने निर्णय गरेको छ । डोटी जिल्लामा निशेधाज्ञाको समय थप गरिएको यो पाँचौ पटक हो ।

अब स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरि जिल्लामा पसलहरु बिहान ६ बजे देखी ११ बजेसम्म र बेलुका ४ बजेदेखी ७ बजेसम्म खोल्न पाईने भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु बिहान १० बजे देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाईने र जिल्ला भित्रमा निजि सवारी साधन चलाउन पाईने छ । यसअघि पसलहरु विहान ६ बजे देखी ९ बजेसम्म साझ ५ बजे देखी ७ बजेसम्म सञ्चाल गर्न दिईएको थियो । होटेल, रेष्टुडेन्ट, चिया पसल र मधिरा पसलमा लगाईएको रोक भने कायमै रहेको छ ।

Sayalb

बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञा जिल्लामा जारी छ । यो भन्दा अगाडी थपिएको निशेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ । निशेधाज्ञाको पालना नगरेमा कडा कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन् ।

Shaileshwori
Bolpatra
Loading...