पहिरोका कारण मोटरसाईकल ग्यारेजमा क्षति

तेजु ओली /डोटी
हिजो राती देखि परेको अबिरल वर्षाका कारण डोटीको एक मोटरसाईकल ग्यारेजमा क्षति पुगेको छ । दिपायल सिलगढी नगरपालिका–६ जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सोना देवि अटो वर्कसपमा आज दिउँसो साढे २ बजेको समयमा पहिरोका कारण क्षति पुगेको प्रहरीले बताएको छ ।

Sayalb

पहिरोका कारण ग्यारेज भत्किदा ग्यारेज भित्ररहेका समानहरु पहिरोमा पुरिएको ग्यारेज सञ्चालक बाल सिंह बिकले बताए । पहिरोमा पुरीदा इन्जिन, हावा भर्ने पम्प, विभिन्न मेसिनरी सामानमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । उक्त घटनामा नेपाल प्रहरी, शास्त्र प्रहरी वल स्थानीय लगायतले पहिरोमा पुरिएका समानहरु निकालेका छन् । मानविय क्षति भने केही नभएको जनाइएको छ ।

Shaileshwori
Loading...