मंगलबार डोटीका थप १० जनामा कोरोना पुष्टि

सिता महता/डोटी
मंगलबार डोटीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५ जनाको आरटिपिसिआर परिक्षण गर्दा ९ जनामा र २ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिनेमा ७ जना पुरुष र ३ जना महिला रहेका छन ।

जसमा आदर्श गाउँपालिकाका १ जना महिला र बडीकेदार गाउँपालिकाका २ जना महिला र ७ जना पुरुष रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ८६ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

Sagan sahari bhawan nirman aayojana

नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका १ हजार ३ सय ६५ जनामा कोरोना पुष्टि हुँदा १ सय ६९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...