खप्तड क्षेत्र पर्यटन बिकास समितिका सदस्य रोकायाको निधन
खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिका सदस्यको कोरोनाबाट निधन भएको छ । खप्तड छान्ना गाउँपालिका माझीगाउँ बझाङका मिश्र बहादुर रोकायको डडेलधुरा अस्पतालमा उपचारको क्रममा निधन भएको खप्तड क्षेत्र प्रर्यटन बिकास तथा व्यवस्थापन समितिका निर्देशक भिमबहादुर खड्काले बताउनु भएको छ ।
कोरोनाको संक्रमण भएपछी डडेल्धुरामा उपचार गराईरहेका रोकाया आज निधन भएको हो । सदस्य रोकायाको निधनप्रति खप्तड क्षेत्र प्रर्यटन बिकास तथा व्यवस्थापन समितिले दुःख ब्यक्त गरेको छ । रोकायाको निधनले समितिलाई अतुलनिय क्षती पुर्याएको भन्दै निर्देशक खड्काले समबेदना ब्यक्त गर्नु भएको छ ।