पहिरोका कारण भट्टराई तरकारी तथा फलफुल पसलमा करिब ८ लाखको क्षति

तेजु ओली
अबिरल वर्षाका कारण डोटी जिल्लाका विभिन्न ठाउँमा क्षेति भएको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार दिपायलमा रहेको भट्टराई तरकारी तथा फलफुल पसलमा माथिबाट खसेको पहिरोका कारण क्षेति पुगेको छ । अगुवा कृषक गणेश भट्टराईको पसलमा पहिरो खस्दा खाद्यान्न तथा तरकारी च्यापिएको थियो । बुधवार बिहान घरमाथिबाट आएको पहिरोले गर्दा करिब ८ लाख जति क्षति भएको डोटी चेम्बरका सचिव तेज बहादुर डुम्रेलले जानकारी दिनुभएको छ ।

Sayalb

Shaileshwori
Loading...