कोरोना विरुद्ध सचेतना अभियान

तेजु ओली
सम विकास केन्द्र नेपाल डोटीले स्थानीय वासीहरुलाई कोरोना भाइरस र यसबाट जोगिने उपाय र सर्तकताबारे सचेतना फैलाउन अभिनय चालेको छ । माईकिङ मार्फत प्रचार प्रसारका साथै स्थानिय समुदायहरुलाई कोरोना भाइरसको बारेमा जानकारी, भाईरसको लक्षण, भाइरस सर्ने कारण र भाईरसबाट बच्ने उपाय सम्बन्धी जानकारी गराउन थालिएको हो । केहि दिन पहिला देखि सुरु गरेको उक्त अभियान दिपायल सिलगढी नगरपालिका हुदै शिखर नगरपालिकाको बानडुग्रीसैनमा पुगेर अभियान सम्पन्न गरिएको कार्यक्रम संयोजक केसब परियारले जानकारी दिनुभएको छ ।

सम विकास केन्द्र नेपालले एचबिसिसि, युनिलिभर र एक्शनएड नेपालसंगको सहकार्यमा विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्थानिय समुदायमा सचेतना अभियान संचालन गरिएको हो । स्थानीय समुदायमा कोरोना सम्बन्धी सचेतना फैलाउने उद्देश्यले युवा स्वयंसेवकहरुको अगुवाईमा अभियानको आज पाचौ दिन हो ।
