आईसोलेसनमा बसेका आदर्शका एक सय जनालाई सरसफाई झोला वितरण

गोविन्द विश्वकर्मा/डोटी
डोटीको आदर्श गाउँपालीकाका होम आईसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई द सेभेन नेपाल नामक संस्थाले सरसफाईका सामग्री वितरण गरेको छ । आदर्श गाउँपालीका–१ को चाँसीका एक सय जनालाई सरसफाईका सामग्रीहरु वितरण गरिएको हो । आशिष चर्च दिपायलको सहकार्य र आदर्श गाउँपालीकाको समन्वयमा गाउँपालीकाका प्रशासकीय अधिकृत सुरत परियारलाई द सेभेन नेपालका अध्यक्ष गांगी बलायरले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

करिब ६० हजार बारबरको समाग्रीहरुमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरसफाईमा ध्यान दिनुपर्छ भन्दै साबुन, मन्जन, नङ्कट, मास्क लगायतका स्वास्थ्य सरसफाईका सामग्रीहरु वितरण गरिएको हो । यस विपदको अवस्थामा सहयोग गरेको भन्दै आदर्श गाउँपालीका स्वास्थ्य ईकाई केन्द्र चाँसीका अहेब प्रकाश खड्काले संस्थालाई धन्यवाद ज्ञापन समेत गरेका छन् । यी स्वास्थ्य सरसफाईका सामग्रीले होम आईसोलेसनमा बसेकाहरुबाट संक्रमण फैलन नदिन ठुलो टेवा मिल्ने उनले बताए ।

Sayalb

डोटीमा भर्खर मात्र स्थापना भएको द सेभेन संस्थाले देश विदेशका विभिन्न मनकारी व्यक्तिहरुबाट आर्थिक संकलन गरेर विभिन्न प्रकारका परोपकारी कामहरु गर्दै आएको संस्थाका अध्यक्ष बलायरले बताए । उनले आगामि दिनमा संस्थामार्फत शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, वाल संरक्षण र जिविकोपर्जनका क्षेत्रमा विभिन्न कामहरु गर्ने बताए । केहि दिनमै संस्थाले स्थानिय विपन्न परिवारलाई खाध्यान्न सामग्रीहरु पनि वितरण गर्ने उनले बताए । संस्थाको यो कार्यका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेप्रति संस्थाका संस्थापक अध्यक्ष हेमन्त राईले धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

Shaileshwori
Loading...