डिसीसीएमसी डोटीलाई स्वास्थ्य सामाग्री सहयोग

डोटी : जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) डोटीलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशल नेपालको सहयोग तथा सामुदायिक बिकास केन्द्र, डोटी र समान पहुच बिकास केन्द्र डोटी संगको साझेदारीका ७३ हजार ५ सय रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

Sayalb

स्वास्थ्य सामग्री शुक्रवार सिडिसीका अध्यक्ष हेम राज जोशीले जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकिय अधिकृत मधुसुदन पौड्याललाई हस्तान्तरण गर्नु भएको हो । अक्सिजन फ्लो मिटर ३५ थान, अक्सिजन सिलिन्डर नोजल ७ थान, र अक्सिजन मास्क ३५ थान स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको वर्ल्ड भिजनका प्रतिनिधि गांगी बलायरले जानकारी दिनुभयो ।

प्रशासकिय अधिकृत मधुसुदन पौड्यालले यस भन्दा अगाडी करिब २२ लाख बरावरको अक्सिजन सिलिन्डर सहितका सामाग्री उक्त संस्थाहरुबाट उपलब्ध भएको बताउनुभयो । प्राप्त सामाग्री आवस्यकता अनुसार जिल्ला अस्पताल तथा पालिकाहरुलाई उपलब्ध गराईएको बताउदै आज उपलब्ध गराईएका सामाग्रीहरु पनि सोही अनुसार प्रदान गरिने उहाँले बताउनुभयो ।

Shaileshwori
Loading...