डोटीको कलेनाका स्थानीय भैँसीपालन गरेर जिविका चलाउँदै
तेजु ओली /डोटी
दिपायल सिलगढी नगरपालिका-९ कलेनाका स्थानीय भैँसीपालन गरेर जिबिका चलाउने गर्दछन । दैनिक जसो सयौको संख्यामा स्थानीय दुध लगाउन भनि सिलगढी पुग्ने गर्दछन् । दुध बेचेको पैसाले घर चलाउने सोच राखे दैनिकिमा मात्र सिमित रहेको स्थानीय दल बहादुर साउदले बताउनुभयो। सो क्षेत्रमा घाँस पर्याप्त भएकाले पशुपालनको राम्रो सम्भावना छ । बजार नहुँदा भने कोसँग गुहार माग्ने भन्ने चिन्ता थपिएको छ ।
गाउँघरमा एक/दुई माना दुध बेचेर टिक्न मुस्किल भएको अर्का स्थानीय चक्र बहादुर साउदले बताउनु भएको छ । यस क्षेत्रका धेरै किसानको दैनिकि नै यसैमा बित्छ । बिहानको दुध बेचेर घर खर्च चलाएको र बेलुकाको दुध घरायसी प्रयोजनका लागि राख्ने गरेको तेज बहादुर साउदले बताउनुभयो । उहाले भन्नु भयो दुधका लागि बजार छ उत्पादन हुन्छ तर मुल्य कम मात्र पाउने गरेको गुनासो गर्नु भएको छ ।
जिल्ला भरि किसानलाई प्रोत्साहन गरिरहेको भैंसी पालन ब्यबसायलाइ प्रबिधि संग जोडन, यस क्षेत्रका किसानको समस्या समाधान गर्न आफू लाग्ने भेटेरिनरी अस्पताल तथा पसुसेवा कार्यालय डोटीका प्रमुख खडक बहादुर साहले बताउनुभयो।अझ सबै क्षेत्रमा किसानको मार्का बुझेर भैंसी पालन गर्ने किसानलाई अनुदानको ब्याबस्थापन गर्ने बताउनुभयो । किसानले परम्परागत पेसा व्यवसाय गरिरहेका यस्ले प्रगति नहुने बताउदै अब प्रबिधिसंग जोडने बताउनुभयो ।