
डोटी : घरको बिचतलाबाट खस्दा दिपायल सिलगढी नगरपालिका–५ का सुरेन्द्र पार्की घम्भिर घाइते भएका छन् । शनिवार दिउँसो घरको बिचतलाबाट खसेका पार्कीको निधार, आँखा र शरिर भित्र चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनिलाई वेहोस अवस्थामा अस्पताल ल्याईएको र थप उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
