जिप र ट्रक एकआपसमा ठोक्किए
डोटी : जिप र ट्रक एकआपसमा ठोक्किएका छन् । जिल्लाको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भिमदत्त राजमार्गमा धनगढी देखी डडेल्धुरा जादै गरेको से १ च ५०५ नम्बरको जिप र विपरित दिशाबाट आईरहेको सु.प.प्र ०१००१ ख २६९६ नम्बरको ट्रक शनिवार साँझ ४ बजेतिर एक आपसमा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परि जिपमा सवार डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का ५७ वर्षीय धिर बहादुर खाति सामान्य घाईते भएको छन् । उनको स्थानिय मेडिकलमा उपचार भैरहेको छ ।