डोटीमा सर्पको टोकाइबाट १३ वर्षीया बालिका घाइते
डोटी : डोटीमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । सर्पको टोकाइबाट जिल्लाको शिखर नगरपालिका-१० बान्डुग्रीसैन बस्ने प्रेम भुलकी १३ वर्षीया छोरी कल्पना भुल घाईते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर मल्लका अनुसार आईतवार बिहान ११ बजे तिर घर नजिकै खेतमा घाँस काटिरहेको बेला सर्पले टोकेको हो । उनको बायाँ हातमा सर्पले टोकेको छ ।
भुलको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।