सातौं अन्तर्राष्ट्रिय योग दिवस डोटीमा पनि मनाईयो

डोटी : डोटीमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाईन्छ, त्यही अनुरुप सोमवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटी र नागरिक सेवा केद्र डोटीले सु–स्वास्थ्यका लागि योग भन्ने मुल आसायका साथ योग दिवस मनाएको हो ।
दिवसको अवसरमा योग गुरु राजिव श्रेष्ठले योग प्रशिक्षण दिनुभएको थियो ।कोभिड–१९ (कोरोना भाईरस) कहरका कारण गत वर्ष जस्तो भव्यताकासाथ दिवस मनाउन नसकिएको नाकगरिक सेवा केन्द्र डोटीका प्रमुख, आयुर्वेद सहायक चौथो वीर बहादुर बोहराले बताउनुभयो । नियमित योग गरेमा विभिन्न रोगहरुबाट मुक्त रहन सकिने बोहराले बताउनुभयो ।

योग दिवस कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी लगायत १० जनाको सहभागिता रहेको थियो ।
