डोटीमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु

तेजु ओली

साउन, २८

Sayalb

डोटीको पुर्वी चौकी गाउँपालिका –१ खिरसैन तल्लोफुलौटमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भारतबाट घर फर्किएकाहरुलाइ ल्याएर धनगढीबाट अछामकोे लागी छुटेको ना ६ ख २५२९ नम्बर कर्णाली रिभर यातायातको बस आज बिहान ५ बजे तिर दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा अन्य २९ जना घाइते भएका छन । घाईतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । बस सडकबाट करिब एक सय मिटर तल खोचमा खसेको छ ।

Shaileshwori
Loading...