जिल्ला प्रशासन कार्यालय डोटीले वार अनुसार सेवा दिने (कुन वार कुन पालिकाको पालो)

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले असार ११ गतेबाट वार अनुसार सेवा दिने भएको छ । कोभिड–१९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य सुरक्षका मापदण्डको पालना गरेर नागरिकता, राहदानि, नाबालक परिचयपत्र, संघसंस्था, पत्रपत्रिका दर्ता नविकरण लगायतका सेवा वार अनुसार प्रदान गरिने प्रशासन कार्यालय डोटीका प्रशासकिय अधिकृतद्धारा हस्ताक्षिरित बिज्ञप्तिमा भनिएको छ ।

आईतवार र सोमगाार बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकाका नागरिक, मंगलवार शिखर नगरपालिका र के.आई.सिँह गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने भएको छ । त्यस्तै बुधवार सायल गाउँपालिका र आदर्श गाउँपालिकाका नागरिक र शुक्रवार दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकाका नागरिकलाई सेवा दिईने छ ।

Sayalb

सेवा लिन कार्यालयमा आउदा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारि जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्धारा जारि सुरक्षा मापदण्ड कडाईकासाथ पालना गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ ।

Shaileshwori
Loading...