डोटीमा गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि

तेजु ओली /डोटी
डोटीमा गर्भपतन गराउने महिलाको संख्यामा बढिरहेको छ । बन्दाबन्दीको कारण र बिदेशबाट घर फर्कीनेको संख्यामा बृद्ध भएकाले गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको हो । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालू आर्थिक वर्ष २०७७ र ०७८ को जेष्ठ ९ सय ९४ जनो गर्भपतन गराएका छन्। गत आर्थिक वर्षमा जम्मा १ हजार ३१ जनाले गर्भपतन गराएका थिए । स्वास्थ्य सेवा कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले भने “गर्भपतन कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भएपनि पछिल्लो समयमा बढदो अबस्थामा रहेको छ ।” चालू आर्थिक वर्षमा २० वर्ष मुनिका २८ महिलाले गर्भपतन गराएका छन भने २० वर्ष माथीका ९ सय ६६ महिलाले गराएका छन् । गत आर्थिक वर्षमा २० वर्ष मुनिका ४९ र २० वर्ष माथिका ९ सय ८२ महिलाले गर्भपतन गराएका थिए । यस बर्षको आर्थीक बर्ष अझै दुइ महीना बाकी रहेकाले अझै बढन सक्ने उँहाले बताउनु भयो ।

Sayalb

गर्भपतन गर्दा हुने असरको जानकारी हुँदा पनि डोटीमा गर्भपतन गराउनेको संख्या बढ्नुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने समेत गरेको जिल्ला अस्पताल डोटीका सिनियर अनमी लक्ष्मी बमले बताउनुभयो । मेडिकलबाट लिएर औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्र श्राव हुँदा हुँदैे यस्तो जटिल समस्या लिएर महिला अस्पतालमा उपचारको लागि आउने गरेको उहाँको भनाई छ । सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा हो ।

परिवार नियोजनका थुप्रै साधनहरू हुँदाहुँदै गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको कारण यस्तो भएको बताउनु भयो दीपायल सिलगढी नगरपालीका स्वास्थ्य साखा प्रमुख गणेश भण्डारीले बताउनु भयो । उहाले भन्नु भयो “परिवार नियोजनका साधन प्रयोग गर्ने भन्दा असुरक्षित यौनसम्पर्क गरी गर्भवती हुनुलाई विकृतिको रुपमा पनि लिन सकिन्छ । ” सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार छ । नेपाल जस्तो पितृ सत्तात्मक सोच भएको देश भएकोले छोराको चाहाना, गरिवी अशिक्षा र अवैध सम्वन्ध काराण्ले यहा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन् ।

Shaileshwori
Loading...