पत्रकार माथी गरिएको दुर्बब्यबहार प्रति जनमोर्चा डोटीको निन्दा

Sayalb

पुर्बिचौकी गाउँपालिकामा पत्रकार माथि गरिएको दुर्बब्यबहार प्रति राष्ट्रिय जनमोर्चा डोटीले निन्दा गरेको छ । पुर्वीचौकी गाउँपालिकामा रिपोर्टिङका क्रममा जानुभएका पत्रकारहरु माथी जनप्रतिनिधिहरु समेत बाट हातपात सहित दुब्र्यवहार भएको धटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै जनमोर्चा डोटीका सचिब केशब नाथ योगीले बिज्ञप्ती जारी गरेर घटनाको निन्दा गरेका हुन ।
नजर साप्ताहिक पत्रिकाका सम्पादक झलकपालि, नेपाल टेलिभिजन डोटीका सम्वाददाता सुभास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथी भएको गाली गलौच र दुर्व्यवहार युक्त कार्यप्रति निन्दा गर्दछौ । जनप्रतिनिधि समेत सम्लग्न भई यसरी गरिएको दुर्ववहार र अपमान लज्जास्पद छ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार तथा अन्य व्यक्ति र सामुदायमाथि यसप्रकारका दुब्यबहारका घटना पटक–पटक समाजमा घट्नुले समाजमा अझैसम्म परम्परागत मुढेशैली कायम रहेको देखाउछ । त्यसैले उक्त घटनाको स्वतन्त्र प्रकारले छानबिन गरि दोषीलाई कारवाहिको दायरामा ल्याई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ जनमोर्चाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Shaileshwori
Loading...