बोगटान फुड्सिल गाउँपालिकाले ४१ करोड ४० लाखको बजेट ल्यायो

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४१ करोड ४० लाख १७ हजारको बजेट पारित गरेको छ । बिहिवार उपाध्यक्ष भगवती देवि बमले नवौं गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालू तर्फ २८ करोड ७ लाख ४९ हजार र पुँजीगत तर्फ १३ करोड ३२ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले क्रमशः स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।

स्वास्थ्यमा २ करोड, शिक्षामा १ करोड ७५ लाख र कृषिमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कोरोना भाईरसको कहर जारी रहेकाले गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको उपाध्यक्ष बमले बताउनु भयो । गाउँसभाले गरिवसंग अध्यक्ष र महिला संग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यस्तै दलित तथा युवा संग अध्यक्ष, जेष्ठ नागरिक संग उपाध्यक्ष कार्यक्रम र उपाध्यक्ष कोषेली कार्यक्रम ल्याएको छ । यो भन्दा अघिल्लो गाउँसभामा प्रस्तुत भएका धेरैजसो कार्यक्रमलाई नवौं गाउँसभाले निरन्तरता दिएको जनाईएको छ ।
