आदर्श गाउँपालिकाले ल्यायो ५० करोड १७ लाखको बजेट

Sayalb

प्रेम नेपाली , असार १० , डोटी
आदर्श गाउँपालिका डोटीको नवौं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । गाउँ सभामा उपाध्यक्ष कमला देवी ओझाले आर्थिक वर्ष २०७८÷०८९को निति तथा कार्यक्रमका साथै बजेट पेश गर्नु भएको हो ।
आदर्श गाउँपापिलकाको ५० करोड १७ लाख ४७ हजारको बजेट पेश गरेको वडा नं.–६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता लाल बहादुर खडायतले जानकारी दिनु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७८÷०८९मा भौतिक पुर्वाधार बिकास निमार्ण, कृषि, स्वास्थ्य,शिक्षा, सिप मुलक आयआर्जन तथा रोजगारीलाई निती तथा कार्यक्रम बजेटमा पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष कमलादेबी ओझाले जानकारी दिनु भएको छ ।
आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको भवन निर्माण, वडा नम्बर ३ र ७ को वडा कार्यालयको भवन निर्माण, गाउँपालिका स्तरको १५ सैयाको कोरोना अस्पताल निर्माण, कृषि तर्फ एक वडा एक उत्पादन कार्यक्रम, शिक्षा तर्फ गाउँपालिका स्तरिय लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन र लक्षित समुहहरुको लागि बिशेष सिपमुलक तालिम तथा आय आर्जनका कार्यक्रमहरु रहेको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Shaileshwori
Loading...