सर्पको टोकाईबाट डोटीमा एक महिला घाईते
नरेश बोगटी /डोटी
डोटीमा सर्पको टोकाईबाट एक महिला घाईते भएकी छिन् । सर्पले डस्दा जिल्लाको शिखर नगरपालिका वडा नम्बर ११ गोपघाटकी २१ वर्षीया बसन्ति बलायर घाईते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लका अनुसार गोपघाट स्थित सेति नदिको किनारमा ग्याबिन जालिमा ढुंगा भर्दै गरेको समयमा शनिवार बिहान सर्पले टोकेको हो ।
अहिले बलायरको राजपुर दिपायलमा रहेको सुजङ्घ अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।