लागुऔषध दुरुपयोग ओसारपोसार बिरुद्ध अन्तराष्ट्रिय दिवस डोटीमा पनि मनाईयो

तेजु ओली /डोटी
२६ जुनमा लागुऔषध दुरुपयोग ओसारपोसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईन्छ । डोटीमा दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । शनिवार दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाको सभा हलमा ६५ जना युवाहरुलाइ लागु औषधको कारण परिणाम, असरहरुका बारेमा अन्तरक्रिया गरिएको हो ।

Sayalb

डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ल लगायत कानुन व्यवसायीहरुको उपस्थितिमा लागुऔषध सम्बन्धि प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...