सायलका एक सय जनालाई खाद्यान्न सामाग्री वितरण

तेजु ओली /डोटी

डोटीको सायल गाउँपालीका वडा नम्बर ४ र ५ का एक सय जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । सोमवार सामुदायिक विकास केन्द्र डोटी तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित समावेस तथा गुणस्तरीय शिक्षा प्रविधिक कार्यक्रम अन्तर्गत कोभीड–१९ महामारी बाट प्रभावित एक सय परिवारलाइ सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।

वास्तविक समस्यामा परेकाहरुलाई छनोट गरेर खाद्यान्न राहात वितरण गरिएको सयाल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टिका सिंहले बताए । राहात पाउनेमा आर्थिक अवस्था कमजोर भएका, दैनक ज्याला मजदुरी गरी खाने परीवार, एकल महीला, अपाङ्घता भएका महिला तथा बालबालीका, जोखीममा परेका बालबालीका, दर्ता गरेका बालबालीका तथा गर्भपती तथा स्थनपान गराइरहेकी महिला रहेका छन् ।

Sayalb


समुदायमा समस्यामा परेका व्याक्तीलाइ छानेर सहयोग गरेकोमा सायल गाउँपालीकाका उपाध्यक्ष बिस्ना सिंहले सामग्री हस्तान्तरण गर्दै संस्थालाई धन्यवाद दिईन् । ३० केजि चामल, ३ केजी दाल, दुई लिटर तेल, २ किलो नुन, २ किलो चिनी र साबुन सहित प्रत्येक व्यक्तिलाइ तिन हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

धेरै जसो स्थानीय यतिबेला भारत बाट घर फर्केका छन । कोरोनाले कँयौका रोजगार गुमेका कारण हातमुख जोड्न गाह्रो भएको छ । समस्यामा परेको बेला प्राप्त सामग्रीले राहात पुगेकोे स्थानियले बताएका छन् । दुई सय जनालाई बाँड्ने योजना अनुरुप एक सय जनालाइ सायल गाँपालिकामा सामाग्री वितरण गरिएको र एक सय पुर्विचौकी गाँउपालिकाको वडा १, २ र ३ मा वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

Shaileshwori
Loading...