सिड नेपाल डोटीद्वारा एकै दिन डोटीका १४५ जनालाई खाद्यान्न वितरण
प्रेम नेपाली /डोटी
डोटीमा एकै दिन १४५ जना विपन्न तथा दर्ता बालबालिकालाई ४ लाख ६८ हजार १ सय ९३ रुपैयाँ भन्दा बढिको खाद्यान्न सहयोग गरिएको छ ।
समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वल्र्डभिजनको साझेदारीमा संचालित बाल स्पोन्सर सिप परियोजना अन्तर्गत जोखिममा रहहेका विपन्न परिवारका बालबालिका हरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको जिवन स्तर, खाध्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो । सायल गाउँपालिका-४ मा १८ जना, वडा नम्बर ५ मा २० जना, वडा नम्बर ६ मा १८ जना र दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा १५ जना, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मा १७ जना, पूर्वी गाउँपालिका वडा नम्बर १ मा २० जना, वडा नम्बर २ मा २० जना र वडा नमबर ३ मा १७ जनालाई गरि जम्मा १४५ जनालाई खाध्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।
पुर्विचौकी गाउँपालिका वडा नम्बर १ खिरसैन र वडा नम्बर ३ साजघाटमा कोभिड १९ बाट प्रभावित घरधुरीहरुका लागि खाद्यान्न समाग्री बितरण गरिएको सिड नेपाल डोटीका कार्यक्रम संयोजक करन बानियाँले जानकारी दिएका छन ।
खाद्यान्न सामग्री बितरणमा वडा नम्बर १ खिर्सैनका २० दलित घरपरिवार रहेकाछन भने वडा नम्बर ३ साजघाटका दलित तथा गैरदलित गरेर १७ घरपरिवार गरि दुबै वडाका जम्मा ३७ घरपरिवारले खाद्यान्न सामग्री पाएका छन ।
खाद्यान्न सामग्री बितरण कार्य सम्बन्धित वडाका जनप्रतिनिधि हरुको समन्वय र सहभागीतामा गरिएको थियो र कोभिड १९ बाट प्रभावित घरपरिवारहरु खाद्यान्न सामग्री पाएपछी खुसी हुँदै सिड नेपाल डोटीलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
प्रति व्यक्ति ३० केजि चामल, ३ केजि दाल, ४ पोका नुन, २ के जि चिनि, २ लिटर तेल र ४ पिस नुहाउने साबुन गरि प्रत्येक बालबालिकालाई ३ हजार २ सय २८ रुपैया ९२ पैसा का दरले १४५ जनालाई जम्मा रु ४ लाख ६८ हजार १ सय त्रियानब्बे बराबरको खाध्यान्न सामग्री वितरण गरिएको भनि सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले बताएको छ ।