नेपाल कम्युनिष्ट पार्टी (विप्लव) द्धारा जिल्ला प्रशासन कार्यालय डोटीलाई ५ बुँदे ज्ञापन

डोटी : नेपाल कम्युनिष्ट पार्टी (विप्लव) डोटीले विभिन्न माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई ५ बुँदे ज्ञापन बुझाएको छ । शुक्रवार पार्टीका डोटी जिल्ला इन्चार्ज प्रशान्तको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र बुझाईएको हो । दोस्रो लहरको कोरोना भाईरसबाट ग्रसित नेपालमा तेस्रो चरणको कोरोना भाईरस आउन सक्ने भएकाले डोटी जिल्लामा खोप लगाउन बाँकी रहेका सम्पुर्ण नागरीकलाई खोप लगाउनको लागि आवस्यक पहल गर्नु पर्ने र आवस्यक स्वास्थ्य सामग्रीको अहिले नै व्यवस्था गर्न माग गरिएको छ ।

Sayalb

बाढी पहिरो जस्ता प्रकोपद्धारा हुन सक्ने क्षति कम गर्न असुरक्षित क्षेत्रको पहिचान गर्न, निषेधाज्ञाको अवधिमा अत्यावस्यक वस्तुमा हुने कालोबजारी, महंगी यातायतमा चर्को भाडा असुलि जस्ता कार्यको अनुगम गरि रोक्नु पर्ने, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता लिनु पर्ने, असारे विकासको नाममा भैरहेका भष्ट्राचार, ठगि, कमिसन, घुस जस्ता विकृतिको अनुगमन गर्न भनिएको छ । त्यस्तै प्राकृतिक प्रकोप, महामारी, विद्यमान राज्यव्यवस्थाद्धारा सृर्जित समस्याहरुको समधान गर्न पार्टी सबै पार्टीसंग सहकार्य एवम् समन्वय गर्न तयार रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Shaileshwori
Bolpatra
Loading...