सिलगढीमा प्रादेशिक पर्यटन गुरु योजना तर्जुमा जिल्ला स्तरीय कार्यशाला गोष्ठि सम्पन्न

तेजु ओली / डोटी

Sayalb

सुदुरपश्चिम सरकारको सहयोगमा डोटी जिल्ला सदरमुकाममा १ दिने प्रादेशिक पर्यटन गुरु योजना तर्जुमा जिल्ला स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा समग्रमा डोटि जिल्लाको पर्यटन एवम् दिगो विकास कसरी गर्न सकिन्छ भनेर बृहत् छलफल भएको छ । यसअघि सुदर पश्चिम सरकारले १० बर्षे गुरु योजना ल्याउने काम गरेको थियो । पछिल्लो समय सुदुर पश्चिम सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटनका गतिविधिमा निकै चासाको साथ सुझाव संकलन गर्न सुदुर पश्चिमका सबै जिल्लामा पुगेको छ । शुक्रवार सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिल्ला समन्वय प्रमुख, उप प्रमुख, डोटि चेम्बर अफ कमर्स, डोटी उद्योग बाणिज्य संघका प्रतिनिधिको सहभागीता रहेको थियोे ।

गोष्ठिको सहजिकरण पिकासो साउथ एसिएन एडिए जेभिका टोलि नेता एवम् पर्यटन विज्ञ डाक्टर प्रनिल कुमार उपाध्यायले गर्नु भएको चेम्बर अफ कमर्स डोटीका सचिब तेज बहादुर डुम्रेलले जानकारी दिए ।

Shaileshwori
Loading...