आदर्शका दुई सय जना विपन्न तथा दर्ता बालबालिकालाई खाद्यान्न सहयोग

डोटी : समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वर्ल्डभिजनको साझेदारीमा संचालित नेपाल कभर परियोजना चरण–२ कार्यक्रम अन्तर्गत दुई सय जना विपन्न तथा दर्ता बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको खाध्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले आदर्श गाउँपालिकाका दुई सय जनालाई सो सामाग्री वितरण गरिएको हो । आदर्श गाउँपालिका वडा नम्बर १ मा ५५ जना, वडा नम्बर २ मा ४५ जना, वडा नम्बर ५ मा ५० जना र वडा नम्बर ७ मा ५० जनाजना गरि जम्मा २०० जनालाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।
जस अन्तर्गत प्रति व्यक्ति ३० किलो चामल, ३ किलो दाल, ४ पोका नुन, २ किलो चिनि, २ लिटर तेल र ४ पिस नुहाउने साबुन दिएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर १ मा ५५ जनालाई रु ३ हजार ५३० का दरले रु १ लाख ९४ हजार एक सय पचास, वडा नम्बर २ मा ४५ जनालाई रु ३ हजार ४५४ का दरले रु १ लाख ५५ हजार चार सय तिस, वडा नम्बर ५ मा ५० जनालाई रु ३ हजार ६६१ का दरले रु १ लाख ८३ हजार पचास र वडा नम्बर ७ मा ५० जनालाई रु ३ हजार ८४२ का दरले रु १ लाख ९२ हजार एक सय गरि जम्मा रु ७ लाख २४ हजार ७ सय तिस रुपैया बराबरको खाद्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।
