बोगटानमा बहिराका लागि सांकेतिक भाषा तालिम


समाचार
बोगटान फुड्सिल गाउँपालिकाको सहयोगमा डोटी बहिरा संघ डोटीको आयोजनामा ५ दिने नेपाली भाषा सांकेतिक तालिम सम्पन्न भएको छ ।
बहिराहरू र उनिहरूका परिवारका सदस्यलाई दोभाषेको रूपमा सांकेतिक भाषाको जानकारी प्रदान गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ ।
परिवारका सदस्य र बहिराहरूगरी तालिममा २३ जना सहभागी भएको जिल्ला बहिरासंघ डोटीका अध्यक्ष योगेन्द्र बोगटीले जानकारी दिनु भएको छ ।
तालिममा सहभागीहरूलाइ दैनिकी सञ्चालनका लागि आबश्यक सांकेतिक भाषा सिकाइएको प्रशिक्षक सुरेश नेपालीले जानकारी दिनु भएको छ । बहिराहरूको आय आर्जन तथा सांकेतिक भाषागत क्षमता बिकासका लागि गाउँपालिकाले प्राथमिकता दिने बोगटान फुड्सिलका अध्यक्ष गड्सिलाले बताउनु भएको छ ।
